८ बैशाख २०८१, शनिबार

महत्वपूर्ण राजनीतिक निर्णय लिन सुकुटे पुगे प्रचण्ड


सुकुटे पुगे प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष दाहाल सुकुटे जाने गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा सभामुख अग्निप्रसाद सापकोटासँगै दाहाल सुकुटे पुगेका हुन् । सुकुटेमा अध्यक्ष दाहालले र्याफ्टिङसमेत गरेका छन् ।

निकट स्रोतका अनुसार प्रचण्ड, सभामुख सापकोटालगायत आज सुकुटेस्थित सुकुटे बीचमा बस्नेछन् । काठमाडौँबाट करिब दुई घण्टामा पुगिने सुकुटे क्षेत्र बीचको मज्जा लिन र जलयात्राका लागि निकै चर्चित छ । सुकुटे बसाइ आन्तरिक तथा बाह्य पर्यटकका लागि तुलनात्मक रूपमा सस्तोसमेत रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !