७ बैशाख २०८१, शुक्रबार

भारतीय राजदूतको सक्रियता बढ्यो : एकैदिन देउवा र प्रचण्डसंग भेटवार्ता


शेरबहादुर देउवा, नविन श्रीवास्तव र प्रचण्ड

काठमाडौं । नेपालको राजनीतिमा दक्षिणको मित्रराष्ट्र भारतले चासो राख्नु स्वाभाविक हो । यसैबीच आम निर्वाचनको प्रत्यक्ष तर्फको मतपरिणाम आउने क्रम अन्त्यतर्फ उन्मुख हुनै लाग्दा अव सरकार कसको नेतृत्वमा कुन-कुन पार्टी मिलेर बनाउने भन्ने जिज्ञासा बढेको बेला नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवको सक्रियता पनि बढेको छ ।

यो आम निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने भएपछि प्रदेश र केन्द्रमा पनि मिलिजुली सरकार बन्ने प्रष्ट देखिसकेको छ । नेपाली काँग्रेस सबभन्दा ठुलो दल हुने परिणामले संकेत देखाइसकेको छ । निर्वाचनको यस्तो परिणाम आउँदै गर्दा अव सवैको ध्यान नयाँ बन्ने सरकारतर्फ केन्द्रित भएको छ ।

नेपालको राजनीतिमा विदेशी राजदूत सक्रिय हुनु पुरानै रोग हो । यहाँ कहिले दक्षिणतिरका भारतीय राजदूत सक्रिय हुन्छन् भने कहिले उत्तरतर्फका चिनियाँ राजदूत पनि । अहिले नेपालका लागि चिनियाँ राजदूतमा छन् सोङ नियुक्तिका लागि सिफारिस भइसकेका छन् । नेपालमा रिक्त रहेको राजदूत पदमा चीनले कूटनीतिज्ञ छन्‌लाई नियुक्त गर्न लागेको हो ।

नेपालका लागि चिनियाँ राजदूत रिक्त भएको समयमा भारतीय राजदूत श्रीवास्तवको सक्रियता पनि बढेको हो । भारतीय राजदूत श्रीवास्तव आज एकैदिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री देउवा र राजदूत श्रीवास्तबीच आज शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीका अनुसार भेटघाट नियमित प्रकृतिको भएको र समसामयिक विषयमा छलफल भएको उनले बताएपनि प्रधानमन्त्री देउवा र भारतीय राजदूतबीच भएको भेटवार्तामा श्रीवास्तले नयाँ सरकारबारे भारतको चासो राखेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम जारी रहेको र निर्वाचनपछि बन्ने सकारको विषयमा सर्वत्र चासो बढिरहेको समयमा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री देउवालाई भेट्नुलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।

प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तव बीच लगभग ४५ मिनेट ‘वान टु वान; वार्ता भएको बताइएको छ । यद्यपि भेटवार्तामा के विषयमा कुराकानी भयो भन्ने सार्वजनिक भएको छैन । भेटमा निर्वाचन परिणाम र भावी सरकार गठनका लागि बन्नसक्ने समीकरणका विषयमा बृहत छलफल भएको हुन सक्ने आंकलन गरिएको छ ।

हिजो शुक्रबार अपरान्ह राजदूत श्रीवास्तवसँग भेटेलगत्तै प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग आज शनिबार बिहान भेट गरेका थिए ।

यस्तै आजै प्रधानमन्त्री देउवालाई भेटेपछि भारतीय राजदूत श्रीवास्तवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई उनको निजी निवास खुमलटार पुगेर पनि भेटेका छन् ।

प्रचण्डनिकट स्रोतका अनुसार प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच समसमायिक विषयमा छलफल भएको बताएको छ । यसरी प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवको भेटलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।

आम निर्वाचनको परिणाम कम्युनिष्टहरुको प्रतिकूल आएकोले कतिपय कम्युनिष्ट नेताहरुले बृहत कम्युनिष्ट एकताको आवाज बुलन्द गर्न थालेका छन् भने कतिपयले त अव ५ वर्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने र केपी शर्मा ओली अध्यक्ष हुने गरी कम्युनिष्ट एकताको हल्ला गर्न थालेका छन् । यसरी नेपालमा बन्ने आगामी सरकारको विषयलाई लिएर भारतीय राजदूत श्रीवास्तव तातेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !