प्रचण्ड चितवनमा, भोलि बिहानै मतदान गरेर गोरखा जाने Nepalpatra प्रचण्ड चितवनमा, भोलि बिहानै मतदान गरेर गोरखा जाने
१४ मंसिर २०७९, बुधबार

प्रचण्ड चितवनमा, भोलि बिहानै मतदान गरेर गोरखा जाने


प्रचण्ड चितवनमा फाइल फोटो

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन् । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि दाहाल आज नै चितवन आइपुगेका हुन् ।

उनले चितवन क्षेत्र नं ३ बाट मतदान गर्ने छन् । भरतपुर महानगरपालिका– १४ स्थित राष्ट्रिय आधारभूत विद्यालय शान्तिपुर मतदान केन्द्रमा उनहाँले मताधिकार प्रयोग गर्ने माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए ।

आम निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्न अध्यक्ष दाहाल अपराह्न चितवनको भरतपुर विमानस्थल अवतरण भएको अधिकारीले बताए । अध्यक्ष दाहाल बिहानै मतदान गरेर गोरखा जाने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !