बुबा मोहनप्रसादको ९३ औं जन्मदिन मनाउँदै ओलीले लिए आशिर्वाद Nepalpatra बुबा मोहनप्रसादको ९३ औं जन्मदिन मनाउँदै ओलीले लिए आशिर्वाद
१९ मंसिर २०७९, सोमबार

बुबा मोहनप्रसादको ९३ औं जन्मदिन मनाउँदै ओलीले लिए आशिर्वाद


केपी शर्मा ओली र मोहनप्रसाद ओली

झापा । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना बुबा मोहनप्रसाद ओलीको ९३ औं जन्मदिन झापाको पृथ्वीनगरस्थित घरमा मनाएका छन् ।

निर्वाचनका लागि आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्वर ५ दमकमा रहेका झापाको दमकमा रहेका अध्यक्ष ओलीले बुवा मोहनप्रसादको जन्मोत्सवको अवसरमा झापाको क्षेत्र नम्वर ३ पृथ्वीनगर पुगेर उनलाई केक समेत खुवाएर आशिर्वाद लिएका छन् ।

ओलीको एमालेको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार समेत हुन् । ओलीलाई आफ्ना पिताको आशिर्वाद कति लाग्ने हो भन्ने आगामी निर्वाचनपछि आउने मत परिणामले नै निर्धारण गर्नेछ ।

ओलीले सामाजिक संजाल ट्वीटरमा आफ्ना पिताको जन्मदिन मनाएको तस्वीर शेयर गर्दै जन्मदिनको शुभकामना दिएका छन् । पत्नी राधिका शाक्यसहित पृथ्वीनगर पुगेका ओलीले बुबा मोहनप्रसादलाई सुस्वास्थ्य एवम् दीर्घायुको कामना गरेका थिए ।

जन्मदिनका अवसरमा शुभकामना दिन राप्रपाका अध्यक्ष समेत रहेका झापा क्षेत्र नम्वर ३ मा एमाले र राप्रपाको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि साझा उम्मेदवार राजेन्द्र लिङ्देन पनि पृथ्वीनगर पुगेर मोहनप्रसादलाई जन्मदिनको शुभकामना दिंदै आशीर्वाद समेत लिएका छन् ।

मोहनप्रसादले अध्यक्ष ओलीलाई पनि निर्वाचनमा विजय र देशका लागि थप काम गर्ने अवसर प्राप्तिको लागि शुभकामना दिएको ओलीनिकट स्रोतले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !