७ बैशाख २०८१, शुक्रबार

गठबन्धन दलका नेता मेनपावरका दलाल हुन् : अध्यक्ष ओली


केपी शर्मा ओली

झापा । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलका नेता मेनपावरका दलाल भएको आरोप लगाएका छन् ।

गृहजिल्ला झापाको क्षेत्र नम्वर ५ स्थित गौरीगुञ्जमा आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि पार्टीले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन दलका नेताहरु मेनपावरका दलाल भएको आरोप लगाएका हुन् ।

गठबन्धनको सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले रौतहटको आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारका क्रममा ‘बिना ढेवा के विदेश पठाइदिन्छु’ भनेको प्रसंग कोट्याउदै ओलीले नेपालप्रति व्यंग गर्दै गठबन्धन दलका नेताहरु मेनपावरका दलाल भएको बताएका हुन् ।

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सबभन्दा बढी भेट आफूसंग हुने गरेको पनि उनले खुलासा गरे । उनले माधव नेपालको पार्टी एकीकृत समाजवादी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राष्ट्रिय पार्टी नहुने पनि दावी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !