१२ बैशाख २०८१, बुधबार

गठबन्धनको अबको संकल्प भनेको देश विकास गर्नु नै हो : प्रवक्ता डा. महत


डा. प्रकाशशरण महत

ताप्लेजुङ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनको अबको संकल्प भनेको देश विकास गर्नु नै भएको स्पष्ट पारेका छन् ।

आज ताप्लेजुङको सदरमुकाममा वाम लोकतान्त्रिक गठबन्धनद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले देश विकास र संविधानको रक्षा गर्न गठबन्धन आवश्यकता रहेको बताएका छन् ।

देश अस्थिरताबाट जोगाउन र देश समृद्ध बनाउनका लागि गठबन्धन भएको उनले जनाउँदै यो गठबन्धनको लामो समयसम्म रहने दाबी गरे । उनले भने, “संसद् विघटनपछि यो गठबन्धन बन्न पुगेको हो । यो गठबन्धनले देश समृद्ध बनाउन बनेको छ । संविधानको रक्षा गर्दछ ।” उनले गठबन्धनको अबको सङ्कल्प देश विकास गर्नु नै हो भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !