१२ बैशाख २०८१, बुधबार

भोजपुरमा प्रचण्डले सम्बोधन गर्ने कार्यक्रमस्थल नजिकै विस्फोट


प्रचण्ड फाइल फोटो

भोजपुर । भोजपुर जिल्लामा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने भनिएको कार्यक्रमस्थल नजिकै विस्फोट भएको छ ।

आज बुधबार भोजपुरको पौवादुङमा गाउँपालिकाको प्याउली तिवारी भन्ज्याङ भन्ने स्थानमा प्रचण्ड सहभागी हुने चुनावी कार्यक्रमस्थल नजिकै एक व्यक्तिले बोकेको बम विस्फोट भएको हो । प्रचण्ड प्रदेश १ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा भोजपुर पुगेका हुन् ।

भोजपुरमा गठबन्धनको चुनानीसभा नजिकै बम विस्फोट हुँदा भोजपुरको अरूण गाउपालिका-४ का सुमन श्रेष्ठ घाईते भएको प्रहरीले बताएको छ । उनको खुट्टामा चोट लागेको छ ।

उक्त स्थानमा सत्ता गठबन्धनको चुनावी सभा गर्न लगिएको थियो । चुनावी सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि विस्फोट जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

बम कसले विस्फोटन गराएको भन्ने थप जानकारी आउन बाँकी रहेको प्रदेश १ प्रहरीले बताएको छ । बम विस्फोट भएपनि कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !