७ बैशाख २०८१, शुक्रबार

चित्त बुझ्ने गरी सुकुम्बासी समस्या समाधान गर्छु : नेता सिंह


प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं १ का सुकुम्बासीको समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।

समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने उनले बताए । नेता सिंहले भने, “भूमि आयोगले काम सुरु गरिसकेको छ, निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु भनेकाले अहिले रोकिएको छ ।”

थापाथलीस्थित वाग्मती नदी किनारको बस्तीमा आयोजित कार्यक्रममा प्रतिवेदन आइसकेपछि त्यसलाई अध्ययन गरेर स्थायी समाधान निकाल्ने प्रतिबद्धता नेता सिंहले जनाउनुभयो । समस्या समाधान गर्दा जबरजस्ती नभइ भूमिहीनको पनि चित्त बुझाएर काम गर्ने उनको प्रतिबद्धता छ ।

सरकार र सुकुम्बासीलाई पनि हुने गरी जीत, जीतको मान्यता अनुसार समस्या समाधान गर्नेमा नेता सिंहको जोड थियो । मतदाताले सरकारी कार्यालयको कामकाज झन्झटिलो र ढिलो भएको भन्ने गुनासो गरेको भन्दै उनले सरल र छिटोछरितो बनाउन पनि पहल गर्ने जानकारी गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !