८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवा चितवनमा


शेरबहादुर देउवा चितवनमा

चितवन । लोकतान्त्रिक-वाम गठबन्धनले आज यहाँ आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन् । उनी हेलिकोप्टरबाट भरतपुर विमानस्थलमा आइपुगेका हुन् ।

प्रधानमन्त्री देउवा त्यहाँबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको निवासमा जानेछन् । गुरुङकी पत्नी शीरमाया गुरुङको कात्तिक २० गते निधन भएको थियो । समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गुरुङनिवास जाने भएका हुन् ।

त्यहाँबाट गैँडाकोटका सामाजिक र राजनीतिक व्यक्तित्व स्व. तिलक सापकोटाको निवास पुग्ने छन् । सापकोटाको यही कात्तिक २३ गते निधन भएकामा परिवारजनमा समवेदना प्रकट गर्न उनी गैँडाकोट जान लागेका हुन् । त्यहाँबाट फर्किएर भरतपुरस्थित गेस्टहाउस चौरमा हुने सभालाई उनले सम्बोधन गर्दै छन् ।

सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष केशवलाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीलगायतका नेताले सम्बोधन गर्नुहुने माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । कार्यक्रमपछि आजै प्रधानमन्त्री देउवासहित शीर्षनेताहरू फर्कने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !