८ बैशाख २०८१, शनिबार

डेंगुबाट प्रदेश १ का वनमन्त्री शेखरचन्द्र थापाको निधन


शेखरचन्द्र थापा

विराटनगर । प्रदेश नम्बर १ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री शेखरचन्द्र थापाको उपचारका क्रममा निधन भएको छ । प्रदेश १ का वनमन्त्री थापाको डेंगु संक्रमणबाट निधन भएको हो ।

आसन्न प्रदेशसभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ ‘क’बाट उम्मेदवार समेत रहेका ५८ वर्षीय थापाको आज बिहान साढे १० बजे विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो ।

सुरुमा मन्त्री थापामा निमोनिया देखिएपछि डेंगु संक्रमण पनि भएको थियो । थापा उम्मेदवारी दर्ताको भोलिपल्ट असोज २४ गते काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएका थिए । ह्याम्समा उपचारपछि उनलाई मंगलबार विराटनगर ल्याएर नोबेलमा भर्ना गरिएको थियो ।

पथरी शनिश्चरे नगरपालिका-८ स्थायी घर भएका थापा लामो समय यसअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिवको भूमिकामा थिए । उनको काठमाडौंको पेप्सिकोलामा पनि घर छ । उनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !