गठबन्धनविरुद्ध भोट मागेको भन्दै गण्डकीका मन्त्री आचार्य बर्खास्त Nepalpatra गठबन्धनविरुद्ध भोट मागेको भन्दै गण्डकीका मन्त्री आचार्य बर्खास्त
२२ मंसिर २०७९, बिहिबार

गठबन्धनविरुद्ध भोट मागेको भन्दै गण्डकीका मन्त्री आचार्य बर्खास्त


हरिशरण आचार्य

पोखरा । गठबन्धनविरुद्ध भोट मागेको भन्दै गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री हरिशरण आचार्यलाई बर्खास्त गर्ने तयारी गरिएको छ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री आचार्यलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएका छन् ।

आगमी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेलाई सहयोग गरेको आरोपमा उनलाई हटाउन लागिएको मुख्यमन्त्री निकट स्रोतले बताएको छ । गोरखा क्षेत्र नम्वर २ घर भएका आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्रीले हटाउन लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !