८ बैशाख २०८१, शनिबार

आजदेखि दार्चुलाबाट एमालेको देशव्यापी चुनावी अभियान सुरु, ओलीले सम्बोधन गर्ने


केपी शर्मा ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) आजदेखि दार्चुलाबाट देशव्यापी चुनावी अभियान सुरु गर्दै छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजदेखि चुनावी सभालाई सम्बोधन सुरु गर्ने भएका हुन् ।

एमाले अध्यक्ष ओलीले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको जिल्ला दार्चुलाबाट कात्तिक आज १८ गतेदेखि अध्यक्ष ओलीले चुनावी आमसभामा सम्बोधन गर्ने भएका हुन् ।

उक्त अभियानको सुरु गर्न ओली हिजो बिहीबार राति १० बजे श्रीएयरलाइन्सको विमानबाट ओली धनगढी पुगेका छन् । धनगढीस्थित रुवस होटलमा बसेका ओली आज बिहान ११ बजे हेलिकोप्टर मार्फत दार्चुला प्रस्थान गर्ने छन् ।

निर्वाचन आयोगले आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । आयोगले मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको हो ।

आयोगले कात्तिक १७ देखि मात्रै जुलुस, आमसभा, कोणसभा गर्न स्वीकृति दिएकोले एमालेले सोहीअनुसार योजना बनाएर चुनावी सभा गर्ने योजना बनाएको हो ।

ओलीले आजै बैतडीको पाटन र कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले कात्तिक १८ गतेदेखि निर्वाचनको शून्य समयअघिसम्म ४१ जिल्लाका ५५ बढी आमसभालाई सम्बोधन गर्ने भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !