७ बैशाख २०८१, शुक्रबार

डा. तोसिमाको उम्मेदवारी कायम गर्ने आदेशविरुद्ध आयोग अदालत जाने


सर्वोच्च अदालत र डा. तोसिमा कार्की

काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध निर्वाचन आयोग अदालत जाने भएको छ । आगामी शुक्रबारसम्म आयोग सर्वोच्च जाने भएको हो ।

सर्वोच्चले हिजो मात्र डा. तोसिमाको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

हिजो मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगरी उम्मेदवारी कायम राख्न अन्तरिम आदेश जारी गरेको थियो ।

आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा उनले रिट दायर गरेकी थिइन् । ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी कार्कीले आफ्नो उम्मेदवारी खारेज भएपछि सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

आयोगले कार्कीको उम्मेदवारीलाई अयोग्य कायम गर्ने निर्णय गरेपछि आयोगको निर्णय पक्षपात पूर्ण भएको भन्दै उनले रिट दर्ता गरेकी थिइन् । कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको थियो ।

यो पनि पढ्नुहोस्

डा. तोसिमाको उम्मेदवारी कायम राख्न सर्वोच्चको अन्तरिम आदेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !