१२ बैशाख २०८१, बुधबार

प्रचण्ड भन्छन्- सत्यमोहन जोशीको निधनले स्तब्ध छु


प्रचण्ड फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् ।

आज आइतबार बिहान एक विज्ञप्ति जारी गरी उनले जोशीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

जोशीको १०३ वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उनी पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भई सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत थिए ।

यस्तो छ हेर्नुहोस् प्रचण्डले निकालेको प्रेस विज्ञप्ति

प्रचण्डले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !