८ बैशाख २०८१, शनिबार

सबै नेपालीलाई बुझाउने र सिकाउने सत्यमोहनको योगदानलाई नेपाल र नेपालीले कहिल्यै भुल्ने छैनन् : डा. बाबुराम भट्टराई


डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै अध्यक्ष भट्टराईले ऐतिहासिक व्यक्तित्व सत्यमोहनप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै आफ्नो लामो जीवनको अन्तिम क्षणसम्म बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक नेपालको यथार्थ गहन अध्ययन र अनुसन्धानका साथ सबै नेपालीलाई बुझाउने र सिकाउने उनको योगदानलाई नेपाल र नेपालीले कहिल्यै नभुल्ने पनि बताएका छन् ।

जोशीको १०३ वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उनी पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भई सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !