१३ बैशाख २०८१, बिहिबार

शताब्दी पुरुष सत्यमोहनको दुःखद् निधनले मलाई स्तब्ध बनाएको छ : अध्यक्ष नेपाल


माधवकुमार नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको आज बिहान १०३ वर्षको उमेरमा दुःखद् निधन भएको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै अध्यक्ष नेपालले यस दुःखद घडीमा संस्कृतिविद् जोशीप्रति भावपुर्ण श्रध्दाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् ।

जोशीको १०३ वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उनी पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भई सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !