१२ बैशाख २०८१, बुधबार

प्रभु साह नेकपा एमालेबाट निष्कासित


प्रभुु साह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ । एमालेले स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सह-इन्चार्ज प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको हो । एमालेका महासचिव शंकर पोखरेलले आज एक परिपत्र जारी गर्दै साहलाई पार्टीबाट निष्कासन गरेको जानकारी दिएका हुन् ।

प्रभु साहले प्रतिनिधिसभातर्फ रौतहट ३ बाट स्वतन्त्र उमेदवारी दिएका छन् । रौतहट जिल्ला इन्चार्ज उपेन्द्र शाह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवाहलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको परिपत्रमा उल्लेख छ ।

यस्तै एमालेले रौतहट जिल्ला कमिटी विघटन पनि गरेको छ । एमालेको मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले शुक्रबार एक विज्ञप्ति जारी गरी जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साह लगायतका केही व्यक्तिहरु पार्टीविरोधी गतिविधिमा लागेकाले जिल्ला कमिटी विघटन गरेको बताएका छन् ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !