११ बैशाख २०८१, मंगलबार

एमाले अध्यक्ष ओलीद्वारा झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता


केपी शर्मा ओली

झापा । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गरेका छन् ।एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । आफ्नो उम्मेदवारी दर्ताका लागि अध्यक्ष ओली हिजो नै झापा पुगेका थिए ।

अध्यक्ष ओलीको उम्मेदवारी दर्ताका लागि प्रस्तावकहरुमा केन्द्रीय सदस्य रोमनाथ ओली र प्रदेश सदस्य अम्बिका खनाल रहेका छन् भने समर्थकमा केन्द्रीय सदस्य गीता अधिकारी र जिल्ला अध्यक्ष दिपक कार्कीलाई बसेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !