१३ बैशाख २०८१, बिहिबार

देउवाको रोजाईमा नपरेपछि स्वर्णिम वाग्लेले पाएनन् कांग्रेसबाट टिकट


डा. स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थशास्त्री स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट पाएनन् । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको रोजाईमा नपरेपछि वाग्लेले कांग्रेसबाट टिकट नपाएका हुन् ।

उनी कांग्रेसभित्र संस्थापनइतर डा. शेखर कोइराला निकट मानिने वाग्लेलाई टिकट दिन सभापति देउवाले अस्वीकार गरेका हुन् । उनको नाम चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो ।

यद्यपि उनले काठमाडौं क्षेत्र नं. ५ वा गोरखा क्षेत्र नं. १ बाट भएपनि उम्मेदवार बन्ने चाहना राखेका थिए । कांग्रेसले चितवन-१ बाट विश्व पौडेल र काठमाडौं-५ बाट प्रदीप पौडेललाई उम्मेदवार बनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !