७ बैशाख २०८१, शुक्रबार

काठमाडौं क्षेत्र नं. १० बाट एमालेले बादललाई उम्मेदवार बनाउने


राम बहादुर थापा फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले काठमाडौं क्षेत्र नं. १० बाट पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई उम्मेदवार बनाएको छ । उक्त क्षेत्रबाट प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले राजेन्द्र केसीलाई उम्मेदवार बनाउने भएको छ ।

यस्तै सो निर्वाचन क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बलराम थापालाई उठाउने भएको छ । बादलले केही समयपछि उम्मेदवारी दर्ता गर्ने एमाले स्रोतले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !