२४ भाद्र २०८१, सोमबार

सापकोटा सभामुखले सरकारी सेवा सुविधा छोडेर निजी निवासमा फर्किए


अग्निप्रसाद सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा सरकारी सेवा सुविधा छोडेर आफ्नो निजी निवासमा फर्किएका छन् । सभामुख सापकोटा सभामुखको सरकारी निवास लैनचौर छोडेर कौशलटारस्थित आफ्नो निजी निवासमा फर्किएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका हुन् ।

सभामुखको कार्यकालबारे प्रश्न उठिरहेका बेला सापकोटाले सरकारी सुविधा छोडेर आफ्नो निवासमा सरेका हुन् । सभामुख सापकोटाले आज शनिबार बिहानसम्म सरकारी निवासबाट आफ्ना सामान निजी निवासमा सारिसकेको उनको सचिवालयले जानकारी दिएको हो ।

सभामुख सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा समेत गरेका छन् । मनोनयन दर्ताको अघिल्लो दिन सभामुख सापकोटाले उम्मेदवारी नदिने घोषणाा गरेका हुन् ।

सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा आयोजित पत्रकार भेटघाटमा उनले राजनीतिक दलभित्र उम्मेदवारको टिकटका लागि तीव्र प्रतिस्पर्धा भएका बेलामा आफूले युवा पुस्तालाई अवसर प्रदान गरी नेतृत्वमा पुर्याउन सहयोग गर्ने हेतुले यस पटक उम्मेदवारी नदिने निर्णय गरेको बताएका थिए ।

सिन्धुपाल्चोकबाट २०६४, २०७० र २०७४ सालमा लगातार संसद् सदस्यमा निर्वाचित सभामुख सापकोटासँग यसअघि सूचना तथा सञ्चार र वन तथा भू– संरक्षणमन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव छ । विसं २०७६ माघ १२ गते उनी सर्वसम्मतरुपमा सभामुखमा निर्वाचित भएका थिए ।

संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील भइरहने उल्लेख गर्दै सो अवसरमा उनले अग्रगामी राजनीतिक अभियानमार्फत आम नेपाली नागरिकको समुन्नतिका लागि बुद्धि र विवेकले भ्याएसम्म काम गर्ने अठोट व्यक्त गरेका थिए ।

यो पनि पढ्नुहोस्

अग्नि सापकोटाले सिन्धुपाल्चोकमा आफ्नो बिरासत बुझाए भातिजलाई

आगामी निर्वाचनमा उम्मेदवार नबन्ने सभामुख सापकोटाको घोषणा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु