ओलीले अछाममा भीम रावललाई दिएनन् टिकट, झपट बोहोरा बने उम्मेदवार Nepalpatra ओलीले अछाममा भीम रावललाई दिएनन् टिकट, झपट बोहोरा बने उम्मेदवार
१४ मंसिर २०७९, बुधबार

ओलीले अछाममा भीम रावललाई दिएनन् टिकट, झपट बोहोरा बने उम्मेदवार


केपी शर्मा ओली र भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा उम्मेदवारको टिकट नपाउने भएका छन् । यसअघि उनी अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका थिए ।

सो क्षेत्रमा नेकपा माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका झपट बोहोराले टिकट पाउने भएका छन् । अछाम-१ बाट बोहोरा र अछाम-२ बाट यज्ञ बोगटीले उम्मेदवारी दिने तय भएको एमालेका एक नेताले बताए ।

बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज छन् । एमालेमा टिकट वितरणको अधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले तिनै बोहोरालाई उम्मेदवार बनाउने निर्णय सुनाएका हुन् । यद्यपि अछाम जिल्ला कमिटीले भने रावललाई सर्वसम्मत एकल सिफारिस गरेको थियो ।

२०५१ सालदेखि २०७४ सम्म चार निर्वाचन लडेका रावल यसपटक भने उम्मेदवार हुनबाट बञ्चित भएका छन् । उनले २०५६ सालमा मात्र निर्वाचन हारेका थिए । २०६४ सालमा भने उनी समानुपातिक तर्फको सांसद बनेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !