८ बैशाख २०८१, शनिबार

टिकट नपाउने भएपछि‍ एमाले नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने


गंगा चौधरी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) की नेतृ गंगा चौधरी सतगौंवाले स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् । निवर्तमान सांसद समेत रहेकी चौधरीले टिकट नपाउने भएपछि‍ स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।

आज शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले आफू स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन् । एमालेबाट टिकट नपाएपछि उनले जनताको वीचमा आउन लागेको स्पष्ट पारेकी छन् ।

चौधरीले दाङ क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारी गरेपनि एमालेले शान्ता चौधरीलाई उम्मेदवार बनाउने भएपछि चौधरी असन्तुष्ट बनेकी हुन् ।

पहिलो र दोस्रो संविधानसभामा थरुहट पार्टीबाट समानुपातिक सभासद् भएकी चौधरी २०७४ मा एमालेको उम्मेदवार बनेर समानुपातिक सांसद भएकी थिइन् । प्रतिनिधिसभा सदस्यका लागि दाङ १ बाट उनीसहित रेवतीरमण शर्मा र शान्ता चौधरीको नाम पनि सिफारिस भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !