१३ बैशाख २०८१, बिहिबार

यो वर्ष प्रचण्डले लगाएनन् दसैँको टीका, छोरी-बुहारीलाई मात्र लगाइदिए


प्रचण्ड दसैं टीका

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष पनि बडादसैँको टीका लगाएनन् ।

प्रचण्डकी पुत्री गंगा दाहालले सामाजिक संजालमा दशैंको टीका लगाएपछिको संयुक्त फोटो सेयर गरेकी हुन् । सो फोटोमा प्रचण्ड भएपनि उनको निधार खाली रहेको देखिएको छ । प्रचण्ड पत्नी सीता दाहाल बिरामी भएकोले सो फोटोमा देखिएकी छैनन् ।

प्रचण्डले भने शान्ति प्रक्रियामा आइसकेपछि परिवारमा दशैं मनाउने गरेका छन् । शान्ति प्रक्रियापछि दशैं प्रवेश गरेको प्रचण्डको परिवारले यो वर्ष पनि दशैं मनाएको हो ।

शान्ति प्रक्रियापछि बुवा मुक्तिराम दाहालसँग प्रचण्डले दशैं मनाएका थिए । प्रचण्डकी बुहारी बिना मगरसहित छोरीहरू रेणु दाहाल र गंगा दाहाल परिवारका अन्य सदस्यले भने जमरा र रातो टीका लगाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु