७ बैशाख २०८१, शुक्रबार

एमाले अध्यक्ष ओलीद्धारा बुबा र बढीआमाको हातबाट टीका ग्रहण


एमाले अध्यक्ष ओलीद्धारा बुबा र बढीआमाको हातबाट टीका ग्रहण

झापा । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विजया दशमीका अवसरमा टीका ग्रहण गरेका छन् । अध्यक्ष ओलीले दमकस्थित आफ्नै निवासमा पिता मोहनप्रसाद ओली र बढीआमा हरीमाया ओलीको हातबाट टीका ग्रहण गरेका छन् ।

अध्यक्ष ओली र उनकी श्रीमती राधिका शाक्यले गृहजिल्ला झापा दमक-९, शान्तिमार्ग निजी निवासमा पिता मोहनप्रसाद र बढीआमा हरीमायाको हातबाट विजया दशमीको उत्तम साइत ११ बजेर ५१ मिनेटमा टीका-जमरा, प्रसाद ग्रहणका साथै आशीर्वाद ग्रहण गरेका हुन् ।

विगतका वर्षजस्तै अध्यक्ष ओली यसवर्ष पनि गृह जिल्ला झापा पुगेका बडादशैंको टीका लगाएका हुन् । उनी आजै काठमाडाैं फर्किने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !