१२ बैशाख २०८१, बुधबार

काँग्रेसको शेखर समूहको चियापान कार्यक्रम आज हुँदै


डा. शेखर कोइराला फाइल फोटो

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले आज चियापान कार्यक्रमको आयोजना गर्दै छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आज बिहान चियापन कार्य्रकम हुने भएको हो ।

चियानपान कार्यक्रममा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीलाई लिएर शेखर समूहले असन्तुष्टि जनाउँदै आएको छ ।

शेखर समूहका नेताहरूले संस्थापन पक्षविरुद्ध विभिन्न गतिविधिसमेत गर्दै आएका छन् । हिजो बिहीबार उक्त समूहले पार्टी कार्यालय सानेपामा धर्ना दिएका थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !