६ बैशाख २०८१, बिहिबार

मोहनविक्रम सिंहलाई डेंगु भएपछि थप उपचारका लागि काठमाडौं ल्याइंदै


मोहनविक्रम सिंह फाइल फोटो

काठमाडौँ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई डेङु संक्रमण भएको छ । ८८ वर्षीय सिंहलाई डेंगु भएपछि थप उपचारका लागि काठमाडौं ल्याइंदै छ ।

केही दिनअघि भारतको दिल्लीबाट स्वदेश फर्किएका सिहंको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार जारी रहेको छ । अस्पतालका स्रोतका अनुसार महामन्त्री सिंहलाई डेंगु ज्वरो देखिएको र शरीर कमजोर हुने लक्षण देखिएको छ । यद्यपि सिंहलाई अहिले ज्वरो भने घटेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !