१२ बैशाख २०८१, बुधबार

समानुपातिक सूची सच्याउन बालुवाटारमा कांग्रेसको पदाधिकारी बैठक जारी


काँग्रेस पदाधिकारीको बैठक बालुवाटारमा फाइल फोटो

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समानुपातिक सूची सच्याउन कांग्रेसको पदाधिकारी बैठक जारी रहेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा कांग्रेसको समानुपातिक सूची सच्याउन तयार भएपछि कांग्रेसको पदाधिकारी बैठक बसिरहेको हो । हिजो मंगलबार साँझ बसेको पदाधिकारी बैठकमा सबैलाई मिलाएर लैजान तयार भएको सभापति देउवाले प्रतिवद्धता जनाएका थिए ।

यसअघि तयार पारेको समानुपातिक सूचीमा संस्थापनइतर डा. शेखरकोइराला समूहले विरोध गरेपछि देउवा सूची सच्याउन तयार भएका हुन् । उनीहरुले सूची नसच्याए देशभर विद्रोह गर्ने चेतावनी समेत दिएका थिए ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि बन्दसूची सच्याउने अन्तिम म्याद र प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने समय नजिकिँदै गर्दा दलहरू छलफलमा जुटेका हुन् ।

आसन्न निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक पनि बालुवाटारमा जारी रहेको छ । पाँचदलीय सत्ता गठबन्धनबीच आपसी सिट बाँडफाँटका विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताको बैठक जारी रहेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !