११ बैशाख २०८१, मंगलबार

गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी


सत्ता गठबन्धनको बैठक

काठमाडौं । सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सिट बाँडफाँडका टुंगो लगाउन गठबन्धन शीर्ष नेताहरुको बैठक जारी रहेको हो ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन गठबन्धनका शीर्ष नेताहरु निर्णयक छलफलमा जुटेका हुन् ।

आजको बैठकले सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने तयारी गरिएको छ । आगामी असोज १६ गतेभित्र सिट बाँडफाँट टुंगो लगाइसक्ने दाबी गठबन्धनका नेताहरुले गरेका छन् ।

दसैंको कोजाग्रत पूर्णिमाका दिन उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने भएका कारण दलहरुलाई दसैँ अगाडि नै भागबण्डा टुंगो लगाएर उम्मेदवार चयन गरिसक्नुपर्ने दबाब गठबन्धनका दलहरुलाई रहेको छ ।

गठबन्धनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये अधिकतम सिटमा सहमति जुटिसकेको छ भने प्रदेशसभातर्फका ३३० सिटको बाँडफाँटबारे कार्यदलले आइतबार र सोमबार छलफल गरेर त्यसबारे भएको सहमति शीर्ष नेताहरूलाई बुझाएका छन् ।

गठबन्धनका नेताहरूका अनुसार गठबन्धनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये नेपाली कांग्रेसले ८०/८५, माओवादी केन्द्रले ४५/४७, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले १५/१७ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने गरी सहमतिको प्रारम्भिक खाका तयार गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !