निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् सरकारलाई स्वीकृति Nepalpatra निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् सरकारलाई स्वीकृति
१४ मंसिर २०७९, बुधबार

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् सरकारलाई स्वीकृति


विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । राष्ट्रपति भण्डारीले आगामी ४ मंसिर गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली सेनालाई परिचालन गर्न स्वीकृति दिएकी हुन् ।

‘एकीकृत सुरक्षा कार्य योजना २०७९’ मा भएको व्यवस्था अनुसार सुरक्षा निकायहरुबीच एकीकृत तथा समन्वयात्मक रुपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसको आधारमा मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री शेरबहादुर देउवाको पत्रको आधारमा राष्ट्रपति भण्डारीले सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ हेर्नुस् राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

सेना परिचालन गर्न स्वीकृति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !