सर्वोच्चको नेतृत्वबाट एक कार्की बिदा हुँदै, अर्को कार्कीले नै सम्हाल्दै Nepalpatra सर्वोच्चको नेतृत्वबाट एक कार्की बिदा हुँदै, अर्को कार्कीले नै सम्हाल्दै
१४ मंसिर २०७९, बुधबार

सर्वोच्चको नेतृत्वबाट एक कार्की बिदा हुँदै, अर्को कार्कीले नै सम्हाल्दै


सर्वोच्चका दीपककुमार कार्की र हरिकृष्ण कार्की

काठमाडौं । सर्वोच्च अदालतका कायम मुकायम (कामु) प्रधानन्यायाधीश दीपककुमार कार्की आज आइतबारदेखि बिदा हुने भएका छन् । उमेर हदका कारण कार्कीले अनिवार्य अवकाश पाउने भएका हुन् ।

असोज १६ गतेदेखि अनिवार्य अवकाश पाउन लागेका कामु प्रधानन्यायाधीश कार्की भोलि सोमबारदेखि दसैँको बिदा लागु हुने र अदालत बन्द हुने भएकाले उनको एक साताअघि आज नै बिदाई हुन लागेको हो ।

अनिवार्य अवकाशमा जानुअघि सर्वोच्च प्रशासनले कार्कीको बिदाईका लागि आज दिउँसो कार्यक्रम राखेको छ । भोलिदेखि दसैँको बिदाका कारण बन्दी प्रत्यक्षीकरणका मुद्धाको मात्र हुने हुँदा कार्कीको बिदाइ आजै राखिएको हो ।

कार्कीले गत फागुन ११ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएका थिए । लगभग साढे ७ महिना सर्वोच्चको नेतृत्व सम्हालेका कार्की उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लागेर निलम्बनमा परेसँगै कार्कीले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधिशका रूपमा कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएका थिए ।

आज दीपक कार्कीको बिदाइसँगै वरिष्ठतम न्यायाधीशका हैसियतले सर्वोच्च अदालतको नेतृत्व हरिकृष्ण कार्कीले सम्हाल्ने भएका छन् । आगामी मंसिर २७ गतेदेखि प्रधानन्यायाधीश बन्ने हरिकृष्णले झण्डै एक वर्ष सर्वोच्चको नेतृत्व गर्ने छन् । उनले २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !