१२ बैशाख २०८१, बुधबार

सर्वोच्चले राष्ट्रपतिलाई सोध्यो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण


न्यायाधीश हरिप्रसाद फुयाल

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्काे रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै राष्ट्रपतिसँग नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारणबारे लिखित जवाफ माग गरेको हो ।

न्यायाधीश फुयालको एकल इजलासले बहसबिना नै अग्राधिकार प्रदान गर्दै रिटहरुमा अन्य कुनै आदेश माग नगरिएको हुँदा सिधै कारण देखाउ आदेश जारी गरेका हो ।

अधिवक्ता सागर बराल तथा सौगातराज बराल, अविनेश अधिकारी, सम्पूर्ण बस्नेत र सुनिल रञ्जनसिंहलगायतले संघीय संसदका दुवै सदनबाट पारित भएको नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएको कदम संविधान विपरित भएको भन्दै सर्वोच्चमा रिट दिएका थिए ।

अदालतमा भोलि सोमबारदेखि दसैँको बिदा लागु हुने र बन्दी प्रत्यक्षीकरणको रिटबाहेक सुनुवाइ नहुने हुँदा अब उक्त रिटमाथि दसैँ पछाडि मात्र पेसी हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु