७ बैशाख २०८१, शुक्रबार

आयोगले निर्वाचन आचारसंहिताबारे आज दलहरूसँग छलफल गर्दै


निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिताबारे आज दलहरूसँग छलफल गर्दै छ । आयोगले निर्वाचन आचारसंहिताबारे आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीहरूसँग छलफल गर्ने भएको हो ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग चुनाव लक्षित छलफल गर्न लागिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्माले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यन्वयन सम्बन्धमा दलहरूसँग अन्तर्क्रिया गरिने बताए । छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई निमन्त्रणा गरिएको छ । यद्यपि छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा छलफलमा आउने वा नआउने भन्ने बारेमा निश्चित भइसकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !