७ बैशाख २०८१, शुक्रबार

डा. गोविन्द केसीको समर्थनमा बृहत् नागरिक आन्दोलनले आज प्रदर्शन गर्दै


डा. गोविन्द केसी र बृहत् नागरिक आन्दोलन

काठमाडौँ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहितका माग राखेर २०औँ सत्याग्रहमा बसेका प्रा. डा. गोविन्द केसीका माग सम्बोधनका लागि सरकारलाई दबाब दिन बृहत् नागरिक आन्दोलनले आज शनिबार काठमाडौंमा विरोध प्रदर्शन गर्दै छ ।

डा. केसीको समर्थनमा बृहत् नागरिक आन्दोलनले आज दिउँसो १२ बजे माइतीघर मण्डला प्रदर्शन गर्न लागेको हो । उसले सो लागि आज माइतीघर मण्डलामा भेला हुन पेसाकर्मी, परिवर्तनकामी शक्ति र नागरिकलाई अपिल समेत गरेको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका सातबुँदे माग राख्दै डा. केसीले २०औं अनशन सुरु गरेको आज १३औं दिन पुगेको छ । कैलालीको धनगढी पुगेर अनशनमा बसेका उनी बिरामी भएपछि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका छन् ।

सरकारले डा. केसीको माग सरकारले पुरा गरेको छैन भने उनले अनशन तोडेका छैनन् । उनको स्वास्थ्य अवस्था दिन-प्रतिदिन जटिल बन्दै गैरहेको छ । बृहत् नागरिक आन्दोलनले हिजो शुक्रबार वक्तव्य जारी गर्दै केसीको स्वास्थ्यप्रति संवेदनशील बन्न र उनका प्रतिनिधिसँग सार्थक वार्ता गर्न आग्रह गरेको छ ।

यस्तो छ हेर्नुस् बृहत् नागरिक आन्दोलनले निकालेको प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !