७ बैशाख २०८१, शुक्रबार

गृहमन्त्री भैरहवा प्रस्थान, गृहजिल्लाका बिभिन्न कार्यक्रममा सरिक हुने


बालकृष्ण खाण फाइल फोटो

काठमाडौँ । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाण आज शनिबार बिहान ७:५५ बजे बुद्ध एयरको हवाइजहाजमा काठमाडौँबाट भैरहवा प्रस्थान गरेका छन् ।

गृहमन्त्रीको स्वकीय सचिवालयका अनुसार उनी गृहजिल्ला रुपन्देहीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । उनी आज शनिबार बिहान ९:०० शान्तिनगरमा अवस्थित बौद्ध गुम्बा परिसरमा निर्मित छात्रबास भवन उद्घाटन कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ । त्यसपछि ११:०० बजे भैरहवामा आयोजना हुने नेपाल टेलिकम वर्कर्स युनियनको १२ औं लुम्बिनी प्रदेस्तरीय अधिवेशनमा सहभागी हुनेछन् ।

यस्तै आज शनिबार दिउँसो १:०० बजे भैरहवामा हुने नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं ३ द्वारा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा सरिक हुनेछन् । दिउँसो ४:०० बजे भैरहवामा आयोजित चित्रगुप्त समाजको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनेछन् ।

त्यस्तै आइतबार बिहान ९:०० बजे सिद्धार्थनगर नगरपालिका वडा नं ६ गल्लामण्डीमा निर्मित शिव मन्दिरको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । आइतबार नै काठमाडौं फिर्ता हुने स्वकीय सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !