६ बैशाख २०८१, बिहिबार

मंसिर ४ गतेको निर्वाचन ओली कि देउवाको नेतृत्व रोज्ने जनमत संग्रह हो : महासचिव पोखरेल


शंकर पोखरेल फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी मंसिर ४ गते हुन लागेको आम निर्वाचन केपी शर्मा ओली वा शेरबहादुर देउवामध्ये कसको नेतृत्व रोज्ने जनमत संग्रह भएको बताएका छन् ।

एमाले निकट युवा संघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गठबन्धन दलसँग भविष्यमा कसले नेतृत्व गर्ने भन्ने खाका नै नभएको पनि दाबी गरे ।

उनले कसको नेतृत्वमा आगामी निर्वाचनमा जाने भनेर नेता चुन्न नसक्ने पाँच दलीय गठबन्धनसँग कुनै सामर्थ्य नरहेको दावी गरे । तर एमालेले अध्यक्ष ओलीलाई सर्वसम्मत प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको उनले बताए ।

उनले नेकपा एमालेसँग त्यो सामर्थ्य रहेको र भावी प्रधानमन्त्रीको रुपाम पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सारेको स्पष्ट पारे । उनले ओलीले नेपालको जमिनमा मात्रै नभइ आकाशमा समेत सार्वभौमिकताको वकालत गरेको स्मरण गराए ।

उनले आकाश र समुन्द्रमा नेपालको पनि हक रहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अवधारणा ल्याएको बताए । उनले भूपरिवेष्ठित देशका लागि समुन्द्रमा अधिकार हुनुपर्छ भन्ने कुरा पनि पहिलोचोटी ओलीले नै स्थापित गरेको दाबी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !