१३ बैशाख २०८१, बिहिबार

अर्थ मन्त्रालयलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण


निर्वाचन आयोग र अर्थ मन्त्रालय

काठमाडौं । निर्वाचन आयोगले अर्थ मन्त्रालयलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । अर्थ मन्त्रालयसँग आयोगले बजेट रकमान्तरबारे २४ घण्टे स्पष्टीकरण मागेको हो ।

आयोगले बजेटबाहिरबाट गरिएको खर्चको विवरण २४ घण्टाभित्र बुझाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचन घोषणा भइसकेपछि मन्त्रालयबाट भएको बजेटबाहिरको खर्च विवरण बुझाउन निर्देशन दिएको हो ।

सरकारले गत साउन १९ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा गरेको थियो । तर आव २०७९/०८० को लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रममा नपरेका विभिन्न नयाँ योजना सिर्जना गरी कार्यक्रम बनाएर अर्थ मन्त्रालय तथा निकायमा बजेट रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरेको विषयमा आयोगको ध्यानाकर्षण भएको उल्लेख गरेको हो ।

आयोगले निर्वाचनको घोषणा भएपश्चात् स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुने गरी अर्थ मन्त्रालयबाट कुन–कुन मन्त्रालय र निकायहरुमा के कति रकमान्तर भएको हो भन्दै २४ घण्टाभित्र विवरण पेस गर्न निर्देशन दिएको हो ।

यस्तो छ अर्थलाई आयोगले सोधेको २४ घण्टे स्पष्टीकरण

२४ घण्टे स्पष्टीकरण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !