१३ बैशाख २०८१, बिहिबार

सभामुख र उपसभामुख पद खाली गर्न माग गर्दै सर्वोच्चमा रिट दायर


सर्वोच्च अदालत

काठमाडौँ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाका सभामुख र उपसभामुख पद खाली गर्न माग गर्दै सर्वोच्च अदालतमा आज रिट दायर भएको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

अधिवक्ताहरु किशोर पौडेल, अनुपम भट्टराई, जगन्नाथ दुलाल लगायतले परमादेशको माग गर्दै रिट दायर गरेका हुन् । आज बिहीबार दायर भएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुख विपक्षी बनाइएको छ ।

शुक्रबारका लागि पेसी तोकिएको रिटमा प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र पदमा बहाल रहने व्यवस्था उल्लेख गर्दै रिटमा सभामुख र उपसभामुखको पद खाली गराउन माग गरिएको छ ।

यस्तो छ हेर्नुहोस् सर्वोच्च अदालतमा दायर भएको रिट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !