८ बैशाख २०८१, शनिबार

राष्ट्रपतिको कदमविरुद्ध थप रणनीति बनाउन प्रधानमन्त्री देउवा कानुनविद्सँग परामर्शमा


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कानुनविद्सँग परामर्श जारी राखेका छन् ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि थप रणनीति बनाउन आवश्यक परामर्शका लागि प्रधानमन्त्री देउवाले कानुनविद्हरुसँग बालुवाटारमा छलफल जारी राखेका हुन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले बैठकमा लगभग २० जना जति कानुनविद्लाई बोलाएका छन् । यसअघि बसेको गठबन्धनको बैठकले राष्ट्रपतिको कदम असंवैधानिक र संविधानमाथिको अपमान भएको निष्कर्ष निकालेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !