७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल छ, संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ : अध्यक्ष थापा

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमप्रति कमल थापाको समर्थन


कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति समर्थन गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहानै लेख्दै अध्यक्ष थापाले राष्ट्रपति भण्डारीको निर्णय राष्ट्रहित अनुकुल भएको भन्दै संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको बताएका छन् ।

अध्यक्ष थापाले प्रादेशिक पहिचानसहितको नागरिकता, महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक भएको बताएका छन् ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । राष्ट्रपति भण्डारीले हिजो मध्यरात १२ बजेसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेकोले यो विधेयक स्वतः निष्क्रिय भएको छ ।

उनले लेखेका छन्, ‘प्रादेशिक पहिचानसहितको नागरिकता,महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक छ । राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल छ । संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !