११ बैशाख २०८१, मंगलबार

गठबन्धनको बैठकमा जुटेन सहमति, बैठक पुन: ४ बजे बस्ने


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न नसकेपछि बैठक पुन: आजै दिउँसो ४ बजे बस्ने गरी सकिएको हो ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको सिट बाँडफाँट टुंग्याउन गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका थिए ।

आज बसेको बैठकमा सिट बाँडफाँटमा सहमति जुट्न नसकेपछि दिउँसो ४ बजे बैठक फेरि बस्न लागेको हो । बैठकमा सहभागी एक नेताका अनुसार सिट बाँडफाँटमा गठबन्धन दलहरु सहमति नजिक पुगेकोले अब छिट्‍टै टुंगो लाग्ने उनले बताए ।

हिजो सोमबार समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका गठबन्धन दलका नेताहरु प्रत्यक्षतर्फको भागबण्डा टुंगो लगाउन छलफललाई तीव्र दिएका हुन् । गठबन्धनले आगामी निर्वाचनमा सिट बाँडफाँटको टुंगो लगाउन ११ सदस्यीय कार्यदल गठन गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !