७ बैशाख २०८१, शुक्रबार

निर्वाचन प्रक्रिया सुरु, आज र भोलि समानुपातिक सूची बुझाइँदै


निर्वाचन आयोग

काठमाडौं । आगामी मंसिर ४ गते हुन लागेको संघीय निर्वाचनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । प्रदेश र प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल हिजो रातिदेखि सकिएपछि आजदेखि नयाँ निर्वाचन प्रक्रिया सुरु भएको हो ।

सरकारले आगामी मंसिर ४ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वचनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको हो । आजदेखि राजनीतिक दलहरुलाई समानुपातिक तर्फको बन्दसूची बुझाउने कार्यतालिका रहेको छ ।

निर्वाचन आयोगले दलहरुलाई समानुपातिकतर्फको निर्वाचनका लागि उम्मेदवारहरुको बन्दसूची बुझाउनका लागि आज र भोलिका लागि तोकेको छ । बन्दसूची पेस गर्नेदेखि सबै प्रक्रिया मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ ।

आयोगमा दलहरुले आज र भोलि प्रतिनिधिसभातर्फ ११० जना र प्रदेशसभातर्फ २२० जना सदस्यको लागि बन्दसूची पेस गर्नुपर्नेछ । बन्दसूचीमा दलहरुले तोकिएको संख्याको न्यूनतम १० प्रतिशत नाम पेस गर्नुपर्नेछ ।

समानुपातिक बन्दसूचीमा ५० प्रतिशत महिलाहरुलाई सिफारिस गर्नुपर्ने आयोगले जनाएको छ । प्रत्यक्ष निर्वाचनका लागि भने असोज २३ गतेदेखि प्रक्रिया सुरु हुने आयोगले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !