१३ बैशाख २०८१, बिहिबार

आयोगलाई ओलीको चेतावनी : सत्ता पक्षबाट लतारिएर नचलोस्


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगलाई सत्ता पक्षबाट लतारिएर नचल्न चेतावनी दिएका छन् ।

आज शनिबार हालको प्रतिनिधिसभाको अन्तिम बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले आयोगलाई आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि सत्तारुढ पक्षबाट लतारिएर स्वतन्त्र र निष्पक्ष भूमिका खेल्नुपर्ने स्पष्ट पारेका हुन् ।

उनले निर्वाचन आयोगको काममा हस्तक्षेप नगर्न सरकारलाई पनि आग्रह गरे । उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, स्वतन्त्र धाँधलीरहित सम्पन्न गरिनुपर्ने बताए । यद्यपि ओलीले समग्रमा यो संसदको कार्यकाल सफल भएको दावी गरेका छन् ।

ओलीले यो संसदबाट संविधानका लागि आवश्यक थुप्रै कानुनहरू बनाएपनि राजनीतिक स्वार्थले गठबन्धन बनेकोले निर्वाचनतर्फ जानेलाई प्रतिगमन भनिएको स्मरण गर्दै निर्वाचनमा जाने कुरा प्रतिगमन ब्नाभेको जिकिर गरे ।

उनले नागरिकतामा राजनीति गर्न खोजिएको बताउदै जन्मसिद्ध नागरिकलाई वंशजका आधारमा नागरिकता दिइनेछ भन्ने मात्रै संशोधन हालौ भनेको सम्झदै नागरिकतालाई राजनीतिक फाइदासँग जोडिएकोले मंसिर ४ गते जनताले गठबन्धन र सरकारलाई जवाफ दिने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !