८ बैशाख २०८१, शनिबार

एमाले संसदीय दलको बैठक बोलाएर ओलीले गरे आफ्ना सांसदलाई बिदाइ


एमालेको संसदीय दलको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफ्ना सांसदहरुलाई बिदाइ गरेको छ । एमालेले संसदीय दलको बैठक बोलाएर आफ्ना सांसदहरुलाई बिदाइ गरेको हो ।

नयाँ वानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा एमाले संसदीय दलको बैठक आज बसेर सम्पन्न भएको हो । आजको एमाले संसदीय दलको बैठकलाई दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।

सांसदहरुको पदावधि सकिनु पूर्वसन्ध्यामा एमाले अध्यक्ष ओलीले संसद्को यस अवधिको समीक्षा गर्दै आफ्ना पार्टीका सांसदहरुलाई धन्यवाद दिए र आगामी निर्वाचनको तयारीका लागि जिल्ला र क्षेत्रमा केन्द्रित हुने निर्देशन समेत दिएका छन् ।

बैठकपछि एमालेका प्रमुख सचेतक बिशाल भट्टराईले प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा वर्तमान गठबन्धन सरकारको धारणा किंकर्तव्य बिमुढ जस्तो देखिए पनि एमालेको भने समानुपातिक सांसदहरुको बन्द सूची पेश गर्नुभन्दा अघिल्लो दिन देखि नै संसदको कार्यकाल सकिन्छ भन्नेमा स्पष्ट धारणा भएको बताए ।

बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा अ‍ोलीले सरकारमा रहँदा र सरकार बाहिर रहँदाको अवस्थामा सांसदहरुले खेलेको भूमिका प्रति धन्यवाद दिंदै सांसदहरुलाई बिदाई गरेको पनि सांसद भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार पार्टी अध्यक्ष ओलीले आफ्ना सांसदहरुलाई नयाँ उत्साहका साथ पार्टीले बहुमत प्राप्त गर्ने गरी दत्तचित्त भएर आगामी चुनावमा जान निर्देशन समेत दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !