६ बैशाख २०८१, बिहिबार

महन्थको पार्टी लोसपा छोडेर एमाले प्रवेश गर्दै पूर्वमन्त्री उमाशंकर अरगरिया


उमाशंकर अरगरिया

काठमाडौँ । महन्थ ठाकुर अध्यक्ष रहेको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रतिनिधिसभा सांसद एवं सचेतक उमाशंकर अरगरिया प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मा प्रवेश गर्ने भएका छन् ।

उनी आगामी असोज ८ गते एमालेमा प्रवेश गर्ने कार्यक्रम तय भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली धनुषाको तीनकोरिया चोक जाने भएका छन् । उनी यसअघि तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार भएको समयमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री पनि भएका थिए ।

उनले असोज ३ गते निर्वाचन क्षेत्रमा छलफल गरी लोसपाबाट राजीनामा दिएको घोषणा गर्ने भएका छन् । अरगरिया २०७४ को चुनावमा धनुषा क्षेत्र नम्बर २ बाट तत्कालिन संघीय समाजवादी फोरमबाट प्रतिनिधिसभा चुनाव जितेका थिए ।

उनले मधेशकेन्द्रित पार्टीले मधेशका जनताको अपमान गरेको आरोप लगाएका छन् । आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनको मिति नजिकिएसँगै मधेसमा पार्टी परित्याग र प्रवेशका हुने क्रम बढ्ने संकेत देखिएको छ ।

सांसद अरगरिया उपेन्द्र यादव नेतृत्वको तत्कालिन समाजवादी पार्टीको संसदीय दलको प्रमुख सचेतक थिए । जसपाबाट लोसपा अलग हुँदा सांसद अरगरियाले उपेन्द्र यादवको साथ छाडेर महन्थ ठाकुरलाई साथ दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !