१२ बैशाख २०८१, बुधबार

राष्ट्रपति भण्डारीद्वारा एकैदिन ५ वटा विधेयक प्रमाणीकरण


विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले एकैदिन विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदको दुबै सदनको बैठकबाट पारित भएका विधेयकहरुलाई राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा ११३ को उपधारा २ बमोजिम भण्डारीले तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले मंगलबार सार्वजनिक पदधारण गर्ने व्‍यक्तिको शपथ सम्बन्धमा व्‍यवस्था गर्न बनेको विधेयक, स्टाण्डर्ड नाम र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।

यद्यपि राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश गरिएको नागरिकता विधेयकबारे निरन्तर परामर्श जारी राखेकोले उक्त विधेयक भने अझसम्म प्रमाणीकरण गरेकी छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !