१२ बैशाख २०८१, बुधबार

परराष्ट्रमन्त्री डा. नारायण खड्का र अध्यक्ष लीबीच भेटवार्ता


डा. नारायण खड्का र ली चान्शु dGqL v8sf / lrlgofF g]tf nL e]6jftf{ sf7df8f}F, @* ebf}M k//fi6« dGqL 8f gf/fo0f v8sf;Fu lzi6frf/ e]6jftf{ ug{‘x’Fb} g]kfn e|d0fdf /xg’ePsf rLgsf /fli6«o hgs+u|];, :yfoL ;ldltsf cWoIf nL rfGz’ . tl:a/M k|bLk/fh jGt÷ /f;;

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गरेका छन् ।

आज यहाँ भएको भेटमा आपसी हित, नेपाल र चीनबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोमबार नेपाल भ्रमणमा आउनुभएका अध्यक्ष लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा(एमाले)ब का अध्यक्ष केपी शर्मा ओली, नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !