२३ माघ २०७९, सोमबार

ओलीलाई स्वागत गर्न जनकपुरधाम विमानस्थलमा कांग्रेस नेता पुगेपछि…


केपी शर्मा ओली

जनकपुरधाम । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली जनकपुरधाम आइपुगेका छन् । उनलाई पार्टी नेता तथा कार्यकर्ताले जनकपुरधाम विमानस्थलमा स्वागत गरेका छन् ।

आज जनकपुरको तिरहुतियागछीमा एमाले जिल्ला कमिटीले आमसभा आयोजना गरेको छ । सो आमसभामा हजारौंको संख्यामा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने कार्यक्रम राखिएको छ ।

नोपली कांग्रेसका नेता सन्तोष यादवसहित नेताहरु पार्टी प्रवेश गर्ने तयारी रहेको एमाले धनुषाले जनाएको छ । सन्तोष जिल्लाको १४ औं महाधिवेशनमा सभापतिमा पराजित भएका थिए । ओलीलाई विमानस्थलमा स्वागत गर्न सन्तोष आँफै विमानस्थल पुगेका थिए ।

काँग्रेसप्रति असन्तुष्टि जनाउँदै उनले कार्यकर्ताका लागि उक्त पार्टी उपयुक्त नभएका कारण पार्टी त्याग गर्न लागेको उनले बताएका छन् । आमसभालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !