७ बैशाख २०८१, शुक्रबार

प्रखरवक्ता रमेश प्रसाईले भेटे एमाले अध्यक्ष ओलीलाई


केपी शर्मा ओली र रमेश प्रसाई

काठमाडौँ । संचारकर्मी तथा प्रखरवक्ता रमेश प्रसाईले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय पार्टी कार्यालय पुगेर प्रसाईले आफ्नी श्रीमति नन्दा सिंहसहित एमाले अध्यक्ष ओलीलाई भेटेका हुन् । बालकोट स्रोतले भेटलाई पारिवारिक भनेपनि यो भेटलाई अर्थपूर्ण रुपमा समेत हेरिएको छ ।

चर्चित पब्लिक स्पिकर एवं गायक समेत रहेका प्रसाई ग्यालेक्सी फोरके टेलिभिजनमा ‘लालमोहर’ नामक कार्यक्रमका संचालक समेत हुन् । आफ्नो बोलीबाटै करोडौं दर्शक तथा स्रोताको मन जितेका छन् ।

दृष्टिविहीन भएपनि प्रसाईं आफ्नो अद्भुत क्षमताका कारण चर्चित छन् । राजनीतिक टिप्पणी गर्न पनि खपिस रमेश अहिले चर्चामा पछि छन् । विगतमा उनको स्वर ‘रिंकेबुङको राँगो’ को बोलको गीत टिकटक, सामाजिक सञ्जालदेखि चारैतिर भाइरल भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !