७ बैशाख २०८१, शुक्रबार

नेपाली सेनालाई भारतीय सेनाद्वारा सैन्य सामग्री हस्तान्तरण


सैन्य सामग्री हस्तान्तरण

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई सैन्य सामग्री हस्तान्तरण गरेको छ । आज सोमबार टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक समारोहबीच भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

उनले आजै प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका छन् । प्रधानसेनापति शर्माको औपचारिक निमन्त्रणामा भारतीय सेनाको विमानमार्फत उनी पाँच सदस्यीय भ्रमण दलका साथ हिजो नेपाल आएका हुन् ।

भारतीय सेनाध्यक्ष जनरल पांडेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ३ बजे शितल निवासमा एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !